राजा यलम्बरको सालिक

मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, बाघझोडा साकेला थान परिसरमा स्थापना गरिएको किरातकालीन प्रथम राजा यलम्बरको सालिक । तस्बिर ः मणिराम दाहाल/रासस

इच्छाकामनामा दादुराविरुद्धको खोप
चितवन, २८ वैशाख (रासस) :चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो ।

स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उहाँले बताउनुभयो । उनीहरू जाने बिद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।

इच्छाकामनामा दादुरा रोगको सङ्क्रमण देखिएसँगै कालिका नगरपालिकाको पहाडी क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । पिछडिएको र सीमान्तकृत बस्तीमा यो रोग देखिने गरेको छ । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्षमुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रूप पनि लिनसक्ने उहाँले बताउनुभयो ।

दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्ने कार्यालयले जनाएको छ । यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

ज्वरो आउनु र शरीरमा राता बिमीरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण पनि देखिन सक्ने उहाँले बताउनुभयो । रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।