विद्यार्थी नेता छान्न विद्या भूमि स्कुलमा मतदान

विराटनगर,३० बैशाख । विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न शुक्रबार मतदान गरेका छन् ।

विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र छात्रा मतदानमा सहभागी भए ।

विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रकृया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुंगानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए ।

विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उस्ले जान्ने पर्ने सीपहरु विद्यालयले दिदै आएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।