हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम

खोटाङ, १ जेठ (रासस) ः हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिकरुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ ।

गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्नसक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिनुभएको छ ।

त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रुपमा लैजान पाउने गरी गहत खेती प्रवद्र्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताउनुभयो । “रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ”, उहाँले भन्नुभयो, “अब इच्छुक किसानलाई गहतको बीउ उपलव्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।”

नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ । गत असारमा सम्पन्न ११ औँ नगरसभाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सम्वन्धी नीति तथा कार्यक्रम पास गरेको थियो ।

नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ । बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । हालसम्म गाउँघरमा गहत दालको रुपमा मात्र उपयोग हुने गरेको छ ।

नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ । एघार वडा रहेको उक्त नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।