बुद्ध एयरको ७२ सिटे जहाज पहिलोपटक सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा यात्रु ओर्लदै

बुद्ध एयरको ७२ सिटे जहाज पहिलोपटक सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा यात्रु ओर्लदै । विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्ने नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ । तस्बिर ः सुजन बज्राचार्य/रासस

‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै
भरतपुर, २ जेठ (रासस) ः चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् ।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवद्र्धनमा होटल व्यवसायीले सघाउने बताउनुभयो । “चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

उहाँले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको जनाउँदै यसलाई जोगाउन सबैको दायित्व भएको बताउनुभयो । गत वैशाख १ गतेदेखि अनौपचारिकरूपमा उडान सुरु भए पनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको थियो ।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रवद्र्धनका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो”, उहाँले भन्नुभयो ।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङ प्रवद्र्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।”

शुभारम्भको अवसरमा करिब ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु छ हजार शुल्क तोकिएको छ । चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कम्पनी लागिपरेको भन्दै छिट्टै बम्जीजम्प, होटल, हिल स्टेशनको रूपमा विकास गर्नु छ । छलफल कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनविज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरिसकेकाले प्याराग्लाइडिङको प्रवद्र्धनलाई समेत जोड दिइने बताउनुभयो । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुङ्गा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।