ताप्लेजुङमा हाब्रे सेन्टर

फुङ्लिङ, २३ जेठ (रासस) : प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ ।

रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो ।

रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रेड पाण्डालाई सन् १९९६ देखि सङ्टापन्न जीवको सूचीमा राखेको छ । प्राकृतिक वासस्थानको निरन्तर विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी(शिकारी, डढेलोलगायत कारणले हाब्रेको सङ्ख्या दिनदिनै घटिरहेको छ ।
नेपाल सरकारको पछिल्लो सर्वेक्षणले रेडपाण्डा २३ जिल्लामा पाइने उल्लेख गरेको छ ।

हाब्रे सेन्टर

जिल्लामा अहिले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले उक्त केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ ।

संरचना निर्माणका लागि वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग गरिएको छ । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रा मुछेर भवन निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । उक्त केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो ।

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवा प्रवर्द्धन, सदुपयोगसहित पर्यटन प्रवर्द्धन गरी उपभोक्ता समूहको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उहाँको भनाइ थियो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।