धर्मदेबी संखुवासभाका गुरुङ सहित २ जना पक्राउ
मोरङ, जेठ २३ । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-८ का ३४ बर्षीय बिकाश लिम्बु र धर्मदेबी नगरपालिका-३ संखुवासभाका ३१ बर्षीय युवराज गुरुङलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


