कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

सुरुङ्गा (झापा), २५ जेठ (रासस) : झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गर्नुभएको हो । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गर्नुभयो । कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीनदलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिका प्रमुख पोखरेलल, उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।