फरार प्रतिवादी पक्राउ
बिराटनगर, जेठ २५ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले वन पैदवार हानि नोक्सानी मुद्दाका एक जना परार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वन पैदावर हानि निक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|०५|१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद बेरुजु रहि फरार धरान उप-महानगरपालिका-८ सुनसरीका ५३ बर्षीय बिनोद खड्कालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको उनलाई सम्मानित सुनसरी जिल्ला अदालत दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाईएको छ ।


