दूधकोशीको पानी भुम्जुडाँडामा

खोटाङ, २६ जेठ (रासस) ः सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो ।

दूधकोशीबाट एक सय ५० एमएमको फलामे पाइपमार्फत चार हजार पाँच सय मिटरमाथि रहेको भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिनुभयो ।

“दूधकोशीबाट छ लिफ्ट ट्याङ्की हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ ट्याङ्कीमा पानी पु¥याउने सफल भइएको छ । भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ”, उहाँले भन्नुभयो, “दूधकोशीबाट पानी लिफ्ट गरेर नगरपालिकाका सात वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ । अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ ।”

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की बनाइएका छन् । त्यसको बीच भागमा पर्ने विभिन्न पाँच ठाउँमा एक–एक लाख लिटर क्षमताका लिफ्ट ट्याङ्की निर्माण गरिएको जनाइएको छ ।

दूधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा पु¥याएर वितरण गर्ने लक्ष्यका साथ विसं २०७४ देखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पु¥याएर मेनलाईनको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले धमाधम गरिरहेको छ ।

महादेवबेँसीबाट काभ्रेडाँडामा पानी पु¥याउनका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताउनुभएको छ । भुम्जुडाँडामा पु¥याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ ।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर रु १९ करोड ९५ लाखको लागत अनुमान पेश गरिएको हो ।

दूधकोशीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले लागत अनुमान अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । “लागत अनुमान प्लान्ट स्थापनाका लागि लिलिमाबेँसी र महादेवबेँसीमा नौ÷नौ रोपनी जग्गा व्यवस्था गरिएको छ”, हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहनुभएका अध्यक्ष राईले भन्नुभयो, “हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन् । ढिलै भए पनि दूधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत् खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरुसमेत हर्षित छन् ।”

सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ । पाइपलाइनको काम उपभोक्ता आफैले गर्नुपर्ने भएकाले मेनलाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दा आ–आफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन् ।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौँ लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । कतिपय स्थानीय बासिन्दाले ट्र्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।