लोप हुँदै वन कुकुर

–भीष्मराज ओझा
काठमाडौँ, २७ जेठ (रासस) : वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू लागि परिरहेका छन् । यसै सन्दर्भमा क्यानडिड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपको आयोजनामा हालै नेपालमा सप्ताहव्यापी दोस्रो ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन नेपालमा सम्पन्न भएको छ । यस अघि यस्तो पहिलो सम्मेलन सन् २०१९ मा थाइल्याण्डमा भएको थियो ।

यही जेठ १८ देखि २४ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विभिन्न १३ देशका ४० जना वन कुकुर संरक्षणकर्मीको सहभागिता रहेको थियो । सम्मेलनले वन कुकुर संरक्षण कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ । सम्मेलनमा वन कुकुरको अवस्था, सङ्ख्या वितरण, आहारको उपस्थिति तथा संरक्षणका लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल भएको ग्रुपका नेपाल संयोजक डा अम्बिका प्रसाद खतिवडाले जानकारी दिनुभयो । यसले सरकारलाई नीतिगत सहयोग पुग्ने उहाँको विश्वास छ ।

सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । वन कुकुर नेपालसहित भारत, चीन, बङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देशमा पाइएको बताइन्छ ।

नेपालको तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजङ्घा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्र एवं हुम्लाको लिमी भ्यालीमा पाइएको यस वन्यजन्तुका विषयमा विद्यावारिधी गर्नुभएका डा खतिवडाले बताउनुभयो । यी जनवार चुरे क्षेत्रमा बढी देखिएका छन् । वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको र नेपालको ‘लोपोन्मुख संरक्षण स्थिति’ मा सूचीकृत छ । शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो छुट्टिइसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन् ।’

वन क्षेत्रको विनाशले वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवं विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धिलगायतका कारणले यो प्राणी लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहका अनुसार शिकारी प्रजातिको वन कुकुरको संरक्षणमार्फत यसका आहारजन्य प्रजातिको नियमनमा सघाउ पुग्ने भएकाले पनि यसको संरक्षण आवश्यक छ । यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव–मानव द्वन्द्व अझ बढ्न सक्ने बताइन्छ ।

वन कुकुर उभिँदा १७–१२ इञ्च र लम्बाइमा तीन फिटसम्मका हुने गर्दछन् । सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ । औसत पाँचदेखि १० सङ्ख्याको समूहमा रहने यी वन कुकुर भने अन्य कुकुर प्रजाति (अफ्रिकी जङ्गली कुकुरसहित) भन्दा शान्त स्वभावका हुन्छन् । यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन् ।

वन कुकुरमा स्नातकोत्तरको शोधकर्ता तुष्णा रायमाझी हालसम्म यस क्षेत्रमा भएका अध्ययनले यसको सङ्ख्या निर्धारण र बासस्थान क्षयीकरण बारेमा पर्याप्त जानकारी हासिल गर्न नसकेको बताउनुहुन्छ । यसको संरक्षण गरेर पर्यटनसँग पनि जोड्न सकिने उहाँको धारणा छ । वन कुुकुरका अर्का अध्ययनकर्ता अस्मिता पाण्डे यसको संरक्षणका लागि संरक्षण कार्ययोजना आवश्यक रहेको जोड दिँदै वन कुुकुर देखिएका स्थानमा सम्बन्धित स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

वन कुुकुर अधिकांश शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन् । यसको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जङ्गली बदेल, रतुवा, गौरी गाईलगायत सम्म पर्छन् । हिमाली भेगमा पाइने वन कुुकुरले भने चरनमा लगिएका भैँसी, गाई, भेडा, बाख्रा, आदिको शिकार गर्ने गरेको देखिन्छ । वन कुकुरले धेरैजसो पाका र रोगले कमजोर भएका वन्यजन्तुको शिकार गर्ने गर्छ । स्वास्थ्य पोथी वन कुकुरले बढीमा १२ वटासम्म बच्च जन्माएको पाइएको छ । यसको गर्भावस्थाको अवधि करिब दुई महिनाको रहने यस क्षेत्रका जानकारको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।