खोटाङको दिक्तेल रुपाकोट मझुवागढीबाट २ नाल भरुवा बन्दुक सहित १ जना पक्राउ
खोटाङ, जेठ ३२ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ स्थितबाट २ नाल भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बुधवार बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय शसी राईको घरमा खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्धुक २ नाल फेला पारी बरामद गरेसगै राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।


