भोजपुरमा रुखबाट लडेर १ जनाको मृत्यु
भोजपुर, जेठ ३२ । भोजपुरको षडानन्द नगरपालिका-१२ चिसापानी स्थितमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे स्थानीय ३८ बर्षीया सितादेबी थापा आफ्नै बारीमा रहेको काब्राको रुख चडि घाँस काट्ने क्रममा रुखबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।


