मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ, ५ असार (रासस) ः गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् ।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरामा परी ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो । घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।