सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

ताप्लेजुङ, १३ असार (रासस) ः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताउनुभयो । यस्तै पालिकाभित्रका आठ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई प्राविधिक वा अप्राविधिक विधामा प्रविणता प्रमाणपत्र वा सो सरहको शिक्षामा समेत छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्नेसमेत जनाइएको छ ।

यस्तै ‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधि अनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

उक्त कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत समेटेर लगिएको र क्रमशः निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।