झापामा खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

झापा, २० (रासस) :गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।