भोजपुरका ग्रामीण क्षेत्रमा वर्षाका कारण यातायात सेवा ठप्प

भोजपुर, २० असार (रासस) : निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरा खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।

निरन्तर परेको वर्षाले जिल्लाको ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्मका अधिकांश स्थानमा यातायात सेवा बन्द छन् । सदुरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर– दिङ्ला मुख्य सडक हिलाम्य बन्दा यात्रुबाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले बताउनुभयो । वर्षातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

“दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ । गाउँमा नून, तेलको अभाव हुने सम्भवाना छ”, विष्टले भन्नुभयो, “विभिन्न ठाउँमा पहिरो गएको छ, भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका छन् । आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।” उहाँका अनुसार सडक हिलाम्य भएपछि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमासमेत समस्या भएको छ ।

सडक ठाउँ–ठाउँमा पहिराको जोखिम हुनाका साथै हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामीका साथै प्राकृतिक प्रकोपका कारण कुनै पनि विपद् आएमा उद्धारमा थप समस्या हुने स्थानीयको भनाइ छ ।

भोजपुर सदरमुकामबाट हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाका साथै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । त्यस्तै, दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायत क्षेत्रका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् ।

सदरमुकामसँग जोडिएका अधिकांश सडक बन्दा हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन समस्या भएको किसान रामचन्द्र राईले बताउनुभयो । “कृषककले उत्पादन गरेका तरकारी, आलु बिक्रीमा कठिनाइ भएको छ । लेकाली भेगको मुख्य आम्दानीको स्रोत नै आलु भएकाले उपज बिक्री नहुँदा जीविकोपार्जनमा सहस्या हुने देखिएको छ”, उहाँले भन्नुभयो । कतिपय ठाउँमा सडक ग्राबेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा डुवानको समस्या रहेको उहाँको भनाइ थियो ।

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमित रुपमा यातायात सञ्चालन भइरहेको छ । यस क्षेत्रमा उत्पादित कृषि उपज काठमाडाँै, धरान, विराटनगरलगायत ठाउँमा पुर्‍याउने गरिए पनि वर्षा लागेपछि अधिकांश सडक बन्द रहेका छन् । सडकमा हिलो, खण्डा तथा बाढीपहिराको जोखिमका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भइरहेको स्थानीय बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।