अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

फुङ्लिङ, २० असार (रासस) ः मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हँुदा पनि सम्पन्न भएको छैन् । यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ ।

तीन साता भइसक्दा पनि पुनः सञ्चालन आउन सकेको छैन् । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालीकासँग सडक सम्पर्कविच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन् । सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता वितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ ।

केही पटक ‘ड्राइबर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुदैँ छ । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।
राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउनुहुँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गर्नुभएको थियो । संघीय सरकारलेनै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन् ।

अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । लामो समय राजर्माग अवरुद्धहँुदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जानएको छ । सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन वित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजाराँंको सङ्ख्यामा यात्रलाई सास्ती खेप्नु परेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पु¥याएका थियौँ । फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो । ” जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ । सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ ।

फड्के पुल बनेपछि यात्रुलाई सहज

मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही सहज भएको छ । तत्कालका लागि यात्रु आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारबाट सञ्चालनमा आएको हो । गत आसर २ गते बाढीपहिरोले मोटरेबल पुल बगाएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालले टुटेको छ । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएसँगै हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रियतामा फड्के पुल बनेको हो ।

मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो । बाँसका साथै बिजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा सङ्घ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ ।् फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् ।

हेवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् ।
यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलिब्रिज निर्माण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरिदिने विश्वास गरिएको छ । बेलिब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।