ताप्लेजुङमा कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

फुङ्लिङ, २१ असार (रासस) :ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ ।

चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ”, लिम्बूले भन्नुभयो ।

ज्ञान केन्द्र सञ्चालन गर्न १० रोपनी जग्गा भाडा लिइएको छ । अहिले घाँस रोप्ने कार्य भइरहेको छ । ज्ञान केन्द्रमार्फत पशुपालन र तरकारी उत्पादन गर्ने तयारी भइरहेको कृषि शाखाले जनाएको छ । कर्मचारी व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लागि आवश्यक कृषिजन्य वस्तु अनुसन्धान केन्द्रबाटै उत्पादन गर्ने योजना छ ।

कृषि तथा पशु अनुसन्धान केन्द्रलाई सहयोग गर्न र पालिका क्षेत्रमा प्रयोग गर्न प्राङ्गारिक मल उत्पादन गर्ने तथा जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फार्मबीच सम्झौता भई मल उत्पादनको प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अनुसन्धान केन्द्रमार्फत पशुपन्छीको परीक्षण गर्ने र नश्ल सुधार गर्न उन्नत जातका बीउका लागि पशुपन्छी खरिद गर्ने गाउँपालिकाको योजना छ । आधुनिक प्रविधिका नर्सरी फार्म सञ्चालन गर्ने र उच्च कोटी तथा बहुमूल्य वनस्पतीको बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले गाउँपालिकाभित्रका किसानलाई पुग्ने जैविक मल आफैँले उत्पादन गर्नका लागि मल कारखाना स्थापान गरिसकेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।