मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

बिराटनगर, असार २३ । मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा प्रदेश न.१-०२-००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश न.१-०२-००३ ह १३१२ नम्बरको अटोलाई ठक्कर दिदा घाईते भएका अटो चालक कानेपोखरी गाउँपालिका-६ का ३५ बर्षीय सागर तामाङको मदान भण्डारी ट्रमासेन्टर मंगलबारेमा र अटोमा सवार कानेपोखरी-८ की ८ बर्षीया रोशनी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने ३३ बर्षीय टिका आले मगरको सोही अस्पतालमा उपचार भईरेहका छन् ।

त्यसै गरी कानेपोखरी गाउँपालिका-७ रंगेली सडक खण्डमा प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाईकल चालक सिराहा लाहानका २५ बर्षीय सन्तोष भुजेलको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो भने पछाडी सवार ३० बर्षीय बिरेन्द्र मगरको नोबेल अस्पाताल बिराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने बोलेरो पिकअप गाडी र चालक लेटाङका ४१ बर्षीय सन्तोष घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।