बेलायतमा निधन भएकी सदीक्षाको परिवारलाई एनआरएनए यूकेले दियो १७ लाख

लण्डन। एनआरएनए यूकेले पढ्न बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि १० हजार ५४५ पाउन्ड ३६ पेन्स सहयोग गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल भएको छ ।

आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूके अध्यक्ष गाहामगरले चन्दा आव्हान गरेका थिए ।

सदीक्षाको मृत्यु भएको गत १० मेबाटै अभियान शुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५. ३६ (करिब १७ लाख रुपैयां) चन्दा प्रदान गरेका थिए ।

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, सगरमाथा गोर्खा/नेपाली कम्युनिटी आशफोर्ड, केन्ट ले ८०१.०० पाउन्ड, ब्रिटिश गोर्खा एन्ड ब्रिटिश गोर्खा नेपलिज क्याट्रिक कम्युनिटी (सी एण्ड डी) ले ७३८. ९९, पाउन्ड, पश्चिम लन्डन जन सम्पर्क समिति बेलायतले ३५२ पाउन्ड, गोर्खा वारियर यूकेले ३१९ पाउन्ड, तनहुँ समाज यूकेले २५० पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूकेबाट २२० र
किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका हुन् ।

पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले गत २१ मेमा आयोजित एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड संकलन गरेका थिए ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले आर्थिक सहयोग गर्ने सबै चन्दादाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।