असार तेस्रो सातासम्म मोरङमा ६५ प्रतिशत रोपाइँ

बेलबारी, २८ असार (रासस): असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ ।
‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

जिल्लाको १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत रापाइँ भएको छ, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरँैचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बूढीगङ्गा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको उहाँको भनाइ थियो ।

समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताउनुभयो ।
जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।