झापामा दुर्घटना, दुई जनाको मृत्यु

दमक, २९ असार (रासस) : झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ । मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।