इलाममा चिया प्रविधि सम्बन्धी अध्यापन हुने

मङ्गलबारे, ३० असार (रासस) :नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो ।

चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको थियो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट उक्त पाठ्यक्रम स्वीकृत भइसकेको शिक्षालयका प्रमुख दीपक खनालले जानकारी दिनुभयो । उहाँले चिया प्रविधि प्री–डिप्लोमा तह (अप्रेन्टिशिप मोडालिटी) मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

खनालका अनुसार इलाममा यो विषय अध्यापन सुरु भएपछि चियासँग सम्बन्धी किसानलाई सहजता हुने भएको छ । उहाँले कक्षा सञ्चालनको पत्र आउन बाँकी रहेको बताउनुभयो । पत्र पाएपछि अध्यापन सुरु गरिने उहाँको भनाइ थियो ।

प्रमुख खनालका अनुसार विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा पाठ्यक्रमअनुसार अध्ययन गर्नेछन् भने बाँकी समय चिया उद्योगहरुमा चिया प्रविधिसम्बन्धी व्यावहारिक अभ्यास गराइने छ । चिया प्रविधि अध्यापनका लागि एक शैक्षिक सत्रमा २० देखि ४० जना विद्यार्थी समावेश हुने उहाँले जानकारी दिनुभयो । एसइई उत्तीर्ण गरेका विद्यार्थीले यो शिक्षामा सहभागी हुन पाउने उहाँको भनाइ थियो ।

सयौँ किसान यस क्षेत्रमा रहेको र हजारौँको रोजगारी हुने गरेको चियामा हालसम्म नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ नहुनु दुखद भएको खनाले बताउनुभयो । गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो । “चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । मन्त्रालयको सहयोग हुन्जेल यहाँबाट शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन्”, उहाँले भन्नुभयो ।

यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमका रूपमा लागू गर्ने योजना अघि बढाए पनि सफल भएको थिएन् । त्यस्तै झापाको मेची बहुमुखी क्याम्पसमा केही समयअघि यो विषयको अध्यापन सुरु भए पनि तीन वर्ष सञ्चालन पछि पठनपाठन रोकिएको थियो ।

विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरे पनि नेपालमा भने भर्खरै सुरु हुन लागेको हो । नेपाली श्रमिकले चिया टिप्ने, उद्योगमा सामान्य काम गर्ने गरेका छन् । जानीनजानी काम गर्ने गरेको भए पनि अब विषयगत रुपमा नै अध्यापन हुन लागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।