सङ्खुवासभामा बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस

किमाथाङ्का : सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भए भएका थिए ।

बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता भएका २० जनामध्ये एक जनाको एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ ।

गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतक सरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो । लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतक सरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रजिअ कार्कीको भनाइ छ ।

बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्स्ट्रक्सन (सडक निर्माण कम्पनी) का एक जना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुई जना गरी हालसम्म २० बेपत्ता रहेका छन् । उनीहरूलाई अब मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

बाढीपहिराले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन् । तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभर पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ ।

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ हाइड्रो पावरमा करोडौँ रूपैयाँ बराबरको क्षति भएको छ भने तीन वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।