भोजपुरको हतुवागाढी गाउँपालिकामा निर्माण भएको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

भोजपुरको हतुवागाढी गाउँपालिकामा निर्माण भएको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा यसको विकास गरिरहेको छ ।
दुई आर्थिक वर्षमा गरी रु एक करोड ३४ लाख लगानीमा भइसकेको गाउँपालिकाको भनाइ छ ।
यो आर्थिक वर्षमा केन्द्र सरकार र गाउँपालिकाको साझेदारीमा रु एक करोड ५० लाख लागतमा पदमार्गलाई थप विस्तार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
तस्बिर ः युवराज विष्ट/रासस


