५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गर्ने थप दुई जना युवती पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारामा झगडा गरेको आरोपमा थप दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २९ मा मादक पदार्थ सेवन गरेर ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका थिए । सो घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय विनीता उराउ छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कुटपिट भएकै दिन घटनामा संलग्न बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुर घर भएकी १९ वर्षीय प्रिति लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिटमा संलग्न दुई जना अझै फरार छन् ।

सप्तकोशी किनारा स्थित राजाबासमा १९ वर्षीय मनिषा राई समेतलाई ‘बेइज्जत’ गरेको आरोप लगाएर निर्घात कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीतहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको डिएसपी राईले जानकारी दिए । प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।-ratopati

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।