ग्रामीण सडकमा हेरालु परिचालन

गोरखा, ४ साउन (रासस) : गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ ।

गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उहाँको भनाइ छ ।

सडक हेरालुमार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण सडक तत्काल मर्मतसम्भार गर्नसके निर्माण भइसकेका सडकमा क्षति न्यून गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । नियुक्त भएका सडक हेरालुले गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी तथा निर्देशनमा वडाभित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सञ्चालन गर्ने गरी काम गर्ने छन् ।

नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने, सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायत काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ । यसबाट लामो समयसम्म सडक अवरुद्ध हुन्छ ।

“सडक हेरालुलाई सडक मर्मतसम्भारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ, टेपलगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।