केही दिन लगातार र ठूलो पानी नपर्ने

काठमाण्डाै – अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले ‘मनसुन ब्रेक’ भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । ‘मनसुन ब्रेक’ हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्छ । अब एक/दुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान छ ।

अहिले बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।