१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला पाइलट र उनका श्रीमान्‌लाई रामधुलाइ

१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला र पाइलट र उनका श्रीमान्‌लाई भीडले रामधुलाइ गरेको छ ।

घटना भारतको हो । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्‌ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा बालिकालाई घरेलु कामदारमा रूपमा राखेका थिए ।

ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । उनीमाथि कुटपिट हुने घरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाको रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए ।

बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो ।

पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्नबाट रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए । त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले ।

रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् ।

कौशिकलाई पुरुषले समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो । यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने ।

त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाई छोडिदिन अनुनय विन्ति गरिन् ।

आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।

द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’

‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए । बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’

उनले जोडीलाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई कथित दुर्व्यवहारलाई सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।