प्रेमीको रोमान्टिक चुम्बनले प्रेमिकाको कानको जाली फुट्यो

प्रेममा रहेका एक जोडीले अन्तरङ्ग पल साट्दा दुर्घटना भएको छ । एक प्रेमीले प्रेमिकालाई चुम्बन गर्ने क्रममा कानको जाली नै फुटेको छ ।

घटना चीनको हो । चीनको मिडिया अनुसार गुआङडोङ प्रान्तको हुइझाउ सहरकी एक महिला हुइझाउ फर्स्ट पिपल अस्पतालको नाक, कान घाँटी विभागमा उपचारका लागि पुगिन् । उनको बायाँ कान दुखिरहेको थियो र त्यस कानबाट उनले केही सुनिरहेकी पनि थिइनन् । परीक्षण गर्दा डाक्टरले उनको कानको जालीमा सुकेको रगत देखे । नजिकबाट अनुसन्धान गरेपछि उनको कानको जालीमा चोट लागेको पत्ता लाग्यो ।

ear1महिलालाई के भएको थियो भनेर डाक्टरले सोधे । विगतमा कानमा चोट लाग्ने खालको त्यस्तो ठुलो घटना केही नभएको उनले डाक्टरलाई बताइन् । त्यसो भए हालै केही त्यस्तो घटना केही भएको थियो त भनेर डाक्टरले सोधेपछि उनी झसङ्ग भइन् र अन्तरङ्ग पल साटासाट गर्दा प्रेमीले कान चुसेको बताइन् ।

‘उनले मेरो कानमा चुम्बन गर्दै, बेस्सरी चुसे । अलि बेरपछि कानभित्रबाट ‘प्याट्ट’ आवाज आएको थियो । त्यसपछि मैले आफ्नो देब्रे कानले सुन्न छोडेँ,’ जियाओहुआ नाम दिइएको ती महिलाले नाक, कान, घाँटीका डाक्टरलाई भनिन् । उक्त घटनापछि उनको कान लगातार बजिरहेको र थोरै दुखिरहेको जानकारी दिइन् ।

‘घाउ नजिकै रगत देखिएको छ, जुन साधारण होइन । उनको मेडिकल हिस्ट्रीमा पनि त्यस्तो खासै समस्या थिएन । उनले आफ्ना प्रेमीले चुम्बन गर्ने बेला धेरै नै बल लगाएर कान चुसेको र त्यति बेला आफूलाई दुखेको भन्ने जानकारी दिइन्,’ हुइझाउ फर्स्ट पिपल अस्पतालका ओटोलारिन्गोलोजी हेड एन्ड नेक सर्जरीका उप–निर्देशक फू जियाले बताए ।

ear2विस्फोट हुँदा वा अत्यधिक ठुलो आवाजलगायतका बाहिरी वायुमण्डलीय दबाबमा अचानक परिवर्तन हुँदा कानको जाली फुट्ने सम्भावना हुन्छ । यद्यपि, रोमान्टिक चुम्बन गर्दा कानको जाली फुट्नु पक्कै पनि सामान्य कुरा होइन ।

‘साधरणतया कानको जाली दुई हप्तादेखि तीन महिनाको बीचमा आफैँ निको हुन्छ,’ फू जियाले भने । ‘कानको जाली तीन महिनासम्म पनि निको नभए उपचारको विधि अपनाउनुपर्ने हुन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।