कोरियामा श्रीमती अर्कैसंग लिभिङ्ग टुगेदरमा बसेपछी नेपालमा श्रीमान र छोराछोरीको बिजोग

दक्षिण कोरिया,

दाइ नमस्ते , सन्चै हुनुहुन्छ ?

लौ न दाइ मेरो श्रीमतिको बिजोग भयो, भएको भिषा छोडेर अबैधानिक बसेको छ । घर फर्किनु भनेको मानेको छैन कतै हजुरले चिनेको काम छ भने लगाईदिनुस न भनेर भाईले मलाई मेसेज गरेको करिब ३ बर्ष अगाडि मैले पनि उहाँको श्रीमतीलाई काम लगाईदिएको सम्झना आयो ।

खासमा यो बिचमा उहाँको र मेरो कुर भएको थिएन ।

एक्कासि हिजो भाईले मेसेज गर्नुभो । दाइ मेरो त बिजोग भयो जसलाई मैले बिश्वास गरे उसैले धोका दियो ।

के भयो भाइ ? सबै ठिकै त छ नि मैले सोधे ।

भाईले आफ्नो कहानी मलाई यसरी सुनाउनु भयो ।

२०१७ मा कोरिया जाने भनेर श्रीमतिलाई मैले नै कर गरेर संगै भाषा पढियो । दुवै जना पास भैयो । उसको कृषीमा नाम निस्कियो मेरो मेनुमा । उ कोरिया जान पायो म यतै रोकिए ।

निकै राम्रो चलिरहेको थियो, पाँच बर्षको छोरो थियो उ कोरिया जादा अहिले ११ बर्षको भयो । हाम्रो सम्बन्ध पनि निकै राम्रो थियो । पैसा पनि उसले पठाईरहन्थी ।

अबैधानिक नहुने बेलासम्म सबै कुरा सहि नै चलेको थियो । त्यसपछी के के भयो म सोच्न सकिरहेको छैन । उसले छोराको लागि भनेर साथीसंग मोबाईल पठाएको थियो सबै कुरा डिलेट गरेको भएपनी उसले कोरियामा बस्ने अर्को केट्कसंग इमोमा गरेका अन्तरंगका कुराहरु डिलेट गर्न बिर्सेको रहेछ ।

मोबाईल चलाउदै जादा त्यो हेर्न पुगे त्यसपछी हाम्रो झगडा शुरु भयो । देख्न नसकिने मेसेजहौ रहेछन म आफै छांगाबाट खसेजतो भए । आत्महत्या को प्रयास समेत गरे तर सकिन मर्न । सँयोग के भयो भने उ जो सङ कोरियामा बस्ने रहेछ त्यो मेरो आफ्नै एकदमै मिल्ने नजिकको साथी रहेछ ।

उसको श्रीमती र छोरा छ घरमा । उसको श्रीमतीले पनिकहा कहाँ बाट यो कुराको चाल पाएको रहेछ । मलाई पहिला हल्का भनेको त थियो तर मैले आफ्नै साथी हो त्यसै शंका गरेको होला भन्ने लागेको थियो ।

मैले अवैधानिक रुपमा नबस्नु बरु घर आउनु भनेको नमानेको कारण यस्तो रहेछ आज बुझिरहेको छु ।

हाम्रो छोरा छ यस्तो छोराको त कमसेकम माया लाग्नु पर्ने हो । त्यसलाई अबैधानिक भनेर पक्रेर नेपाल पठाएको छ तर त्यसको केटा अहिले पनि कोरियामै छ ।

नेपाल आएर पनि हाम्रो सम्बन्ध रहेन । कोरियामा कमाएको लैसा पनि त्यो कोरियामा बसेको केटाले चलाएको रहेछ । बिजोग बनायो कोरियाले मेरो घरबार ।

मेरै करले कोरियन भाषा पढियो , के हि समय दुख गरेर भएपनी जिन्दगी राम्रो बनाउला भन्ने सपना थियो कोरियाले डुबायो दाइ बिजोग भो मेरो । छोराको अनुहार हेर्यो बस्यो । त्यो केटा नेपाल फर्कियोस न म बाँकी छोड्न सक्दिन होला मैले कहिल्यै पनि माफ गर्न सक्दिन त्यसलाई । भन्दै पीडा सुनायो भाईले ।।

यति सुनाउदै गर्दा मलाई मनमा लागेको कुरा के रह्यो भने पक्कै पनि यस्तै गरेर यता कोरियामा रमाउने र नेपालमा परिवार रुवाउने धेरै हुनुहुन्छ होला केही सन्देश मिलोस भनेर हो । घटना सत्य हो उहाँहरुको सामाजिक गोपनियतालाई मध्यनजर गर्दै कसैको पनि नाम उल्लेख नगरिएको जनाउदछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।