कोशी किनारमा युवतीलाई लात्ता र मुक्का बर्षाएर ठाउँको ठाउँ ढलाउने पाँचजना समातिए

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ । ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्धात कुटपिटमा संलग्न पाँचजना युवतिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ ।

उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा रहेका तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए । चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको र त्यसैलाई इगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।

प्रहरीका अनुसार असार २९ गते शुक्रबार साँझ करीव साढे ५ बजेतिर बराहक्षेत्र–८ की १९ वर्षीय मनीषा राई तथा १७ वर्षीया र १६ वर्षीया अर्की युवतीमाथि निर्धात कुटपिट भएको जनाइएको छ । घटनापछि फरार रहेका पाँच जनाको समुहमा रहेका युवतिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको खटिएको विशेष प्रहरी टोलीले तीन पटकमा पक्राउ गरेको हो ।

१९ वर्षीया प्रिति सोही दिन पक्राउ परेकी हुन् । त्यसैगरी दुर्गा र बिनितालाई मंगलबार दिउँसो इटहरीबाट तथा सन्जिता र निहाङलाई नडाह चोकबाट चेकिङको क्रममा बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।

पीडित युवतिहरुले आफुलाई गफ गर्नका लागि झुक्याएर बोलाएर कुटपिट गरेको र भिडियो समेत सामाजिक सञ्जालमा राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गत आइतबार किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा पाँच जनाको समुहमा रहेका युवतिहरुलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।