‘मनसुन ब्रेक’ तत्काल नतोडिने !

काठमाडौं । नेपालमा अहिले ‘मनसुन ब्रेक’को अवस्था छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । यस्तो अवस्थामा मनसुनी गतिविधि कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा मनसुनको आंशिक प्रभाव मात्र परेको अवस्था हो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा कम पानी पर्ने हुन्छ ।

“मनसुनको न्यूनचापीय रेखा अहिले नर्मल (सरदर) स्थानभन्दा दक्षिणतर्फ सरेको छ,” उनले बाह्रखरीसित भने, “जब भारततिर मनसुनको न्यूनचापीय रेखा सर्छ, यहाँ पानी कम पर्छ ।”

मनसुनको न्यूनचापीय रेखाको सरदर स्थान भारतको दिल्ली, कोलकाताको आकाश क्षेत्रलाई मानिने उनले बताए । त्यहाँबाट उत्तरतर्फ मनसुनको न्यूनचापीय रेखा सर्दा नेपालमा बढी पानी पर्ने उनले जानकारी दिए ।
“भारततिर न्यूनचापीय रेखा सर्दा यहाँ ‘मनसुन ब्रेक’को अवस्था छ । यस्तो बेलामा पानी नै नपर्ने भन्ने त हुँदैन, पर्छ । तर, कम पर्छ । मनसुनको गतिविधि कम हुन्छ,” उनले भने ।

मनसुनको आंशिक प्रभाव मात्र रहेकाले विशेष गरी नेपालको तराई क्षेत्रमा उल्लेख्य वर्षा नभएको उनको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ सर्नेबित्तिक्कै नेपालमा पानी पर्ने क्रम बढ्ने उनले बताए । तर, तत्काल त्यस्तो स्थिति नदेखिएको उनले जानकारी दिए । उनका अनुसार सोही कारण नेपालमा अझै एक/दुईभित्र मनसुन पूर्ण रूपमा सक्रिय हुने अवस्था छैन ।

“हामीले दैनिक रूपमा मोनिटरिङ (निगरानी) गर्छौँ, अब तीन दिनसम्मको अवस्थालाई हेर्दा मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ सर्ने देखिँदैन,” मौसमविद् झाले भने, “अझै तीन दिनसम्म मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन । यो समयमा उल्लेख्य मात्रामा मनसुनी वर्षा हुने सम्भावना छैन ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।