झापामा सशस्त्र प्रहरीले समात्यो लाखौं मूल्य पर्ने काठ

झापा । झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर १ बाहुनडाँगीस्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणले जनाएको छ।

कृष्णथुम्की नजिकैबाट गाडीमा साल जातको काठ चोरी-तस्करी भइरहेको गोप्य सूचना पाएलगत्तै सशस्त्र प्रहरी त्यहाँ पुगेको थियो। घटनास्थल पुग्दा जंगल धेरै भाग फँडानी गरी काठ लगिरहेको अवस्था रहेको एसपी अर्यालले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार तस्कर समूह प्रहरीलाई देख्नेबित्तिकै काठ र ट्रयाक्टर छाडेर भागेको थियो। प्रहरीले तत्काल ट्रयाक्टर नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप अर्को ट्रयाक्टरसहित काठ फेला परेको एसपी अर्यालले जानकारी दिए।

त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको उनले बताए।

काठ चोरी-तस्करी गर्ने व्यक्ति फेला नपरे पनि नियन्त्रणमा लिएको दुइटा ट्रयाक्टर र काठ गरी करिब ४० लाख रूपैयाँ मूल्यांकन तोकेर डिभिजन वन कार्यालय झापा बुझाइसकेको एसपी अर्यालले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।