सुन भएको आशंकामा नियन्त्रण गरिएको पहेंलो धातु रातभर चेक गर्दा पित्तल र तामा निस्कियो

काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ ।

शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई नागरिक सावान काइथासोङले १० थान पहेलो धातु ल्याएका थिए । सो धातु सुन भएको आशंकामा पक्राउ गरेर भन्सार विभागले रातभर चेकजाँच र सोधपुछ गरेको थियो ।

तर उक्त धातु सुन नभई थाई नागरिकले लुम्बिनीमा बौद्ध मन्दिरमा चढाउनका लागि ल्याएको तामा र पित्तल भएको पुष्टि भएको भन्सार विभागको भनाई छ । थाई नागरिकले थाई सरकारबाटै अनुमति लिएर ती धातु ल्याएको कागजात समेत बोकेको विभागको भनाई छ ।

भन्सार अधिकृतले १० थान पहेंलो धातुलाई एक्सरे मेसिनमा राखेका थिए । तर सो धातु सुन जस्तै गाढा देखिएको थियो । ती नागरिकलाई भन्सार कक्षमा राखी राती नै सुन परीक्षणका लागि कार्यालयले ल्याब परीक्षण गर्न पठाएको थियो । परीक्षणमा ६० प्रतिशत तामा, ३० प्रतिशत जिङ्क ३ प्रतिशत शिशा १ प्रतिशत टीन मिलेर बनेको पित्तल भएको पुष्टी भएको विभागको भनाई छ ।

एक्सरे रिपोर्टमा देखिएको दृष्य

पितल भएको पुष्टी भएपछि ति सामानहरु थाई नागरिकलाई नै जिम्मा लगाइएको छ। भन्सार कार्यालयले अहिले सुन चेक जाँचलाई कडाईका साथ अघि बढाएको छ। एक्सरे रिपोर्टमा सुनलाई सबैभन्दा गाढा रंगको देखाउने गर्छ। यसैको आधारमा भन्सार जाँचकीले जोखिमको आधारमा विश्लेषण गर्ने गर्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।