पीडितका श्रीमान‍्ले भने– देशका लागि लडे तर श्रीमतीको रक्षा गर्न सकिन

मणिपुर । मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारमा परेकी एक महिलाका पतिले आफूले देशको लागि कारगिल युद्ध लडेको तर आफूलाई रक्षा गर्न नसकेकोमा खेद व्यक्त गरेका छन् ।

जुलाई १९ मा दुई महिलालाई नग्न परेड गरी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो घटना भने मे ४ गते भएको हो ।

घटनाप्रति दुःख व्यक्त गर्दै कारगिल युद्ध लडेका असम रेजिमेन्टका सुबेदारले भने, ‘म कारगिल युद्धमा देशका लागि लडेँ । म श्रीलङ्कामा तैनाथ भारतीय शान्ति सेनाको हिस्सा थिएँ। मैले देशको रक्षा गरेँ तर मलाई अफसोस छ कि मेरो सेवा निवृत्ति पछि मैले मेरी श्रीमती र गाउँलेहरूको रक्षा गर्न सकिनँ।’

यसो भन्दै गर्दा उनका आँखा रसाएका थिए । उनले भने, ‘मैले कारगिलमा मोर्चामा लड्दा युद्ध देखेको छु । अहिले जब म सेवा निवृत्तिपछि घरमा छु । मेरो आफ्नो ठाउँ रणभूमि भन्दा खतरनाक भएको छ।

यस घटनालाई लिएर विपक्षी दलहरूले मणिपुरका मुख्यमन्त्री वीरेन सिंहको राजीनामा माग गरिरहेका छन्। महिलाका पतिको आरोप छ कि मे ४ को बिहान भीडले उक्त क्षेत्रमा धेरै घर जलाएको थियो ।

ती दुई महिलालाई नग्न पारेर गाउँमा मानिसहरूका अगाडि हिँड्न बाध्य पारिएको उनले बताए । सो क्रममा प्रहरी उपस्थित भए पनि कारबाही नगरेको उनको भनाई ।

यस्तो अवस्थामा घर जलाउने र महिलाको अपमान गर्ने सबैलाई कडा कारबाही होस् भन्ने उनको माग छ ।

यस प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । मणिपुर हिंसामा अहिलेसम्म झण्डै १५० जनाको मृत्यु भइसकेको छ र दर्जनौं चर्चमा आगजनी भएको छ भने ५०,००० भन्दा बढी मानिस विस्थापित भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।