आफ्नै जन्मदिन मनाउन पाएनन् रोहितले

विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको शुक्रबार जन्मदिन थियो । २८ औं जन्मदिनको दिन उनी बिहान मन्दिर गए । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका जन्मदिन मनाउने तयारी थियो ।

विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए ।

तर रोहित फर्किएनन्, परिवारले उनको मृत्युको खबर पायो । खबर पाएपछि आफन्त भावविह्वल छन् । आमा अर्थचेत छिन् । शनिबार दिउँसो उनको शव ल्याउनु भन्दा अगाडिसम्म आमा जानकीलाई रोहित घाइते भएको र उपचार भइरहेको भनिएको थियो, मृत्युको खबर सुनाइएको थिएन ।

मृत्युको खबर सुनेर रोहितको घरमा आएका छिमेकीलाई पनि फुफुदिदी शान्ता चौधरीले आमालाई रोहितको उपचार हुँदैछ भनिदिन आग्रह गर्दै थिइन् । ‘रोहितको उपचार हुँदैछ भनेर आमालाई ढाँटिरहेका छौं,’उनले भनिन्, ‘हामीलाई पनि विश्वास लागिरहेको छैन कसरी यस्तो घटना भयो ।’

रोहित पाँच वर्षदेखि नोबेल मेडिकल कलेजमा काम गर्थे । साथीसँग मूलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती पुलको दक्षिणतर्फ चौधरीमाथि तीन जनाको समूहले गोली प्रहार गरेको थियो ।

रोहित चौधरी
विलुका करिब साढे ५ बजे पानी खानका लागि मोटरसाइकल रोकेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका रोहितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीसँगै घुम्न गएकी साथी सामान्य घाइते छिन् ।

रोहितकी फुपु दिदी शान्ता चौधरीका अनुसार परिवारका तीन छोरामध्ये रोहित जेठा हुन् । शुक्रबार बेलुका नोबेल मेडिकल कलेजमै काम गर्ने काकाकी छोरीले रोहितमाथि गोली प्रहार भएको खबर पाइन् । उनैले रोहितको घरमा खबर गरिदिइन् ।

रोहितलाई किन गोली हानियो भन्नेमा परिवारका सदस्य अनविज्ञ छन् । ‘त्यो बाटो त चलेकै बाटो हो, दिउँसै त्यस्तो घटना हुनु अचम्म जस्तै लागिरहेको छ’, शान्ताले भनिन्, ‘घटना किन भयो गर्ने र देख्नेलाई थाहा भयो होला ।’

रोहितको हत्याको खबर पाएपछि उनको परिवार र टोल शोकमा डुबेको छ । उनका बुबा काठका मिस्त्री हुन् । उनका हजुरबुबा रामबहादुर चौधरी प्यारालाइसिसका कारण १७ वर्षदेखि हिँडडुल गर्न सक्दैनन् ।

शुक्रबार बेलुका सेउती पुल नजिकै मोटरसाइकल रोकेको अवस्थामा तीन जनाको समूहले उनीमाथी गोली प्रहार गरेको थियो । लुटपाटका लागि आएको समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।

सुनसरीको इटहरी–धरान सडक खण्डको जंगल क्षेत्रमा लुटपाटको प्रतिकार गर्दा चौधरीमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।-हरि अधिकारी/अनलाइनखबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।