विराटनगरकी २१ वर्षीया सुष्माको रहस्यमय मृत्यु

विराटनगर । विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ ।

माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् । सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । शनिबार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको छ । झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको दाजु मुकेस कुमार रायले बताए ।

सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने मृतकको ठुलोममी मन्जुदेवी रायले बताइन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । मृतकको पोस्मार्टको लागी कोशी अस्पतालमा लगिएको छ ।
यता मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको अनुसन्धान सुरु गरेको बताए ।

पोष्टमार्टम रिपोटपछि थप विषय खुल्ने मोरङ प्रहरीले जनाएको छ ।-स्रोत : आवरबिराटनगर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।