चन्द्रनिगाहपुरका डीएसपीले उजुरी नलिँदा पटकाले आँखा गुमाएकी सरस्वतीलाई थप पीडा

जनकपुरधाम । पटाका पड्केर उडेको विस्फोटक पदार्थको टुक्राले रौतहटको चन्द्रनिगापुर मोतियाहीकी २० वर्षीया सरस्वती ठाकुरको आँखा नै गुमेको छ ।

तिहारको बेला १३ कार्तिक ०७९ मा सुनिल शाह कलवारका भाई (नाम नखुलेको)ले पटाका पड्काउँदा सरस्वतीको आँखामा लागेको थियो । उनी तत्कालै उपचारका लागि वीरगञ्ज पुगिन् । त्यतिबेला उनलाई आँखाको अप्रेशन गराउनु पर्यो । तर अप्रेशन गराउँदा पनि आँखा ठिक भएन ।

घर चन्द्रनिगापुर भएपनि उनी सिधुन्लीमा बसेर पढ्दै आएकी थिइन् । तिहार मनाउन घर गएको बेला पटाकाले उनको आँखामा चोट लागेको थियो । उनी अविवाहित हुन् । उनी रेन्जर पढेर लोकसेवाको तयारी गरिरहेकी थिइन् । आँखा गुमाएपछि उनी लोकसेवाको तयारी गर्नबाट पनि बञ्चित भएकी छन् ।

उपचारमा अहिलेसम्म ३ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छन् । अहिले आँखामा लेन्स राख्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले उनी आँखामा लेन्स हाल्न सकेकी छैनन् ।

वीरगञ्जमा अप्रेशन भएका बेला सुनिलले सरस्वतीलाई २५ सय रुपैयाँ तिरेको थियो । त्यसपछि सुनिलले उपचारमा सघाएका छैनन् । सरस्वती भन्छिन्, ‘ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा सुनिलले उपचारमा लाग्ने सम्पूर्ण रकम सम्झौता त्यतिबेला गरेको थियो । अहिले उपचार खर्च दिन मानेका छैनन् ।’

सरस्वती अहिले काठमाडौंको तीलगंगा अस्पतालमा आँखाको उपचाररत छिन् । उनलाई आँखाको नियमित चेकअप गराउनुपर्छ । चिकित्सकले आँखामा लेन्स राख्न भनेका छन्, जुन लेन्सको करिब ५० हजार रुपैयाँ पर्छ ।

आँखामा लेन्स राख्नुपर्ने भएकै कारण सरस्वती अहिले दिनहुँ ईलाका प्रहरी कार्यालय चन्द्रपुर धाइरहेकी छन् । उनी भन्छन्, ‘उपचार खर्च तिर्छ भनेका सुनिल सम्पर्कमा आउन चाहेका छैनन् । प्रहरीले पनि वास्ता गरिरहेको छैन । हिजो त उजुरी लिएरै गएको थिए ।’

यता, ईप्रका चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले सरस्वतीलाई उपचार खर्च दिलाउने पहल गरिरहेको बताए । उनले भने, ‘पहल गरिरहेको छु । तर उपचार गर्न तिर्न तयार भएन भने कारबाही अगाडी बढाउँछौं । अंगभंग मुद्दा चल्छ ।’-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।