यि रहेछन् महिलालाई कुटेर जंगलमा फाल्ने युवक

पोखरा । पोखराको गुफाडाँडा जंगलमा २४ वर्षीय युवतीलाई मरणाशन्न कुटपिट गरी फालेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० का दिपेन गुरूङ भन्ने सन्तबहादुर मगर रहेको प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेद जोशीले बताए।

घटना भएको २ महिनापछि आरोपी सन्तबहादुर आइतबार पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई ७ दिन म्याद दिएको छ।

गत जेठ ६ गते बिहान गोरखाको गण्डकी गाउँपालिकाकी युवतीलाई अर्धचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो।

सन्तबहादुरले जेठ ५ गते राति १० बजेतिर फलामको हथौडा र चक्कुले प्रहार गरेको युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। उनले दिएको जाहेरीमा आफूलाई सन्तबहादुरले अन्य साथीहरू भएको ठाउँमा जान भनेको तर नमानेकाले कुटपिट गरेको र आफूसँग भएको ४ हजार नगद र मोबाइल लुटेर लगेको उल्लेख गरेकी छिन्।

कुटपिटबाट उनको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको डिएसपी जोशीले बताए। उनले स्वास्थ्यमा सुधार आएपछि मात्र प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

डिएसपी जोशीका अनुसार उनीहरू चिनजानका साथी भएको र मदिरा सेवन पश्चात युवकले आक्रमण गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका युवक सन्तबहादुरले भने घटनामा आफ्नो‍ संलग्नता स्विकारेका छैनन्।

‘महिलाले दिएको जाहेरीमा युवकले कुटपिट गरेर जंगलमा फालेको उल्लेख छ, किटानी जाहेरीका आधारमा हामीले उनलाई पक्राउ गरेका हौं,’ डिएसपी जोशीले भने, ‘थप प्रमाण खोजिरहेका छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।