सडकमै ट्राफिकले कुटाइ खाएपछि…

गोकुलेश्वर । ड्युटीमा रहेका ट्राफिक प्रहरी कुटेर हिरो बन्न खोज्दा एक युवक प्रहरी खोरमा पुगेका हुन ।

आफनो काम गरिरहेका प्रहरीसँग निहुँ खोजेर कुटपिट गरेको आरोपमा ललितपुर प्रहरीले ती युवकलाई पक्राउ गरेको छ ।

ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो । चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल साहसँग निहुँ खोजेर राईले सडकमै कुटपिट गरेका थिए ।

सिसीटिभी फुटेजमा हेर्दा पनि ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र कुटपिट गरेको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले वताए ।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र राई विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भईरहेको एसपी कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।