अझै भेटिएनन् नालामा खसेर बेपत्ता भएका बालक
काठमाडौं । काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । उनी आइतबार अपारह्न बेपत्ता भएका हुन् ।
प्रहरीलाई भने अपराह्न ५:२५ बजे जानकारी आएको महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जीसीले जानकारी दिए ।
उनका अनुसार बेपत्ता भएका बालकको यकिन विवरण थाहा हुन सकेको छैन । तर, भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन मगर पनि सम्पर्कमा नरहेकाले उनी हुन सक्ने आशंका गरिएको छ ।
डीएसपी जीसीले विपद्को टोलीबिना खोज्न सकिने अवस्था नरहेको पनि बताए । राति ९ बजेसम्म बेपत्ता बालक भेटिएका छैनन् ।
तर, खोजीकार्य जारी रहेको उनको भनाइ छ ।-बाह्रखरी


