नदी नियन्त्रणका लागि जनश्रमदान

भजनी, ८ साउन (रासस) : कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त हुनुहुन्छ । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उहाँकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् । “दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो। समाजसेवी बोहोराले भन्नुभयो, “नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।”

उहाँले भन्नुभयो, “पाँच सय मिटर जमिन कटान भइसकेको क्षेत्रमा १५ मिटर तल झोलुङ्गे पुल छ । पुलको दायाँबायाँ तटबन्ध नहुँदा कटानको जोखिममा परेको हो ।” स्थानीयवासीले नदी नियन्त्रणका लागि कुकाठ, बाँस, झारपात प्रयोग गरेर बोरामा बालुवा भर्दै जैविक तटबन्ध निर्माण गरिरहेका छन् । पुल निर्माण भएपछि कान्द्रामा सञ्चालन हुँने डुङ्गा विस्थापित भएको छ भने नागरिकलाई पुलले आवागमनमा निकै सहज भएको छ ।

वडा नं ९ र ४ का १ सय ५० भन्दा बढी गाउँलेले चार दिनदेखि निरन्तर दैनिक श्रमदान गरेर तटबन्ध निर्माण गरिरहेको वडा नं ९ का अध्यक्ष सञ्जित चौधरीले बताउनुभयो । “वडा नं ९ र ४ वडाका दैनिक डेढ सयदेखि दुई सय बढी हामीहरूले श्रमदान गरिरहेका छौँ । बल्लतल्ल बनेको पुल यसैवर्ष नदीको जोखिममा परेपछि पुल जोगाउन गाउँले लागेका हौँ ।” वडाध्यक्ष चौधरीले भन्नुभयो, “वर्षौँंदेखिको गाउँलेको माग रहेको झोलुङ्गे पुल नै खतरामा पर्ने देखेपछि श्रमदान गरेरै बचाउने प्रयास गरिरहेका छौंँ ।” कम्तीमा यो बर्खा पुल बचाउन सकियो भने अर्को वर्ष नदीमा तटबन्ध गरेर पुल बचाउन सकिन्छ ।”

जैविक तटबन्ध निर्माणमा स्थानीय नागरिकका साथै नगरपालिकाका जनप्रतिनिधिसहित संघीय सांसदले पनि साथ दिनुभएको छ । संघीय सांसद गंगा चौधरी पनि स्थानीय नागरिकहरूसँगै जनश्रमदानमा सहभागी हुनुभएको थियो । नगरपालिकाका प्रमुख केवल चौधरी, वडाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतले पनि नदी नियन्त्रणका लागि स्थानीयसँग जनश्रमदान गर्नुभएको थियो ।

सांसद चौधरीले जनताको माझमा गएर काम गर्न निकै आनन्द लाग्ने बताउनुभयो । “पुल निर्माण भएपछि त्यसको आसपासको क्षेत्रमा निर्माण कम्पनीले तटबन्धको काम गर्नुपर्ने थियो, त्यो नहुँदा नदीले कटान गरेपछि पुल जोखिममा परेको हो ।” उहाँले भन्नुभयो, “यसवर्ष जसोतसो पुल जोगाउने काममा स्थानीयवासी लागेका छन् । बर्खा सकिएपछि तटबन्धको काम हुने भएकाले पुल जोखिममा पर्नेछैन ।”

पुल कसले निर्माण गरेको हो भन्नेसम्म थाहा छैन । नगरपालिकाका इञ्जीनीयर अनिश श्रेष्ठले आयोजना कसको हो भन्ने थाहा नभएको बताउनुभयो । “सङ्घ र प्रदेशका आयोजनाको बारेमा नगरपालिकालाई प्रायः थाहा हुँदैन । त्यो आयोजना पनि थाहा भएन ।” इञ्जीनीयर श्रेष्ठले भन्नुभयो, “आयोजनाबाट समन्वय नहुँदा यस्ता कैयौंँ आयोजनामा नगरपालिकालाई थाहै हुँदैन । हामीसँग सङ्घ र प्रदेशको समन्वय नहुँदा हामीलाई पनि समस्या हुँदै आएको छ ।” पुल निर्माण गरेको निर्माण कम्पनीको बारेमा कसैलाई जानकारी नै छैन । बजेट कसको हो भन्ने पनि थाहा छैन ।

पुल निर्माणको काम सकेर निर्माण कम्पनी पुलको उद्घाटन नै नगरी भागेको वडा नं ९ का वडाध्यक्ष सञ्जित चौधरीको गुनासो थियो । स्थानीयबासी बिहानैदेखि नदीमा जैविक तटबन्धका लागि लाग्ने गरेका छन् । दिनभर काम गर्दा त्यहाँ पिउने पानीकोसमेत समस्या देखिएको छ । नदीको पानी पिउन लायक नभएपछि पिउने पानीको समस्या देखिएको हो । “स्थानीयवासी बिहानैदेखि काममा आउनुहुन्छ । भोकै, प्यासै काम गर्नुहुन्छ । खाद्यान्न र पिउने पानीको व्यवस्था भए यतै खाना पकाएर खान हुन्थ्यो ।” वडा नं ९भलमन्साका हेमराज डगौराले भन्नुभयो, “अझै काम सम्पन्न गर्न चार÷पाँच दिन लाग्छ । त्यति दिनका लागि भ्याउने खाद्यान्न भए काम गर्न सजिलो हुन्थ्यो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।