विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै

भक्तपुर, ८ साउन (रासस) :भक्तपुरका विद्यालयहरूले अब विद्यार्थीलाई पढाइसँगै विभिन्न खेलका प्रशिक्षण दिँदै खेलकुदको विकास गर्ने भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रियामा प्याब्सन र समितिबीच स्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।

खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरूको पढाइ बिग्रिन्छ भन्ने अभिभावक, शिक्षक र प्रिन्सिपलको मान्यतालाई चिर्दै विद्यार्थीलाई खेलसँगै पढाइ पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोबाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागी खेल प्रशिक्षकले बताएका छन् ।

विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागी गराउन प्रशिक्षण दिइने भएको हो ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल नहुँदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।

विद्यालय तहबाट उत्पादित उत्कृष्ट खेलाडीहरू विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अवस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयोे । विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत विभिन्न खेलमा विद्यार्थीलाई सहभागी जनाउन स्कुललाई प्रशिक्षकको व्यवस्था समितिले गर्ने बताउनुभयो ।

प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयमा खेलकुद विकास प्रशिक्षणका लागि विभिन्न समस्या रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्ने क्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसका लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैँले सबै प्रशिक्षक एवं उपचारको व्यवस्थापन भने गर्न नसक्ने बताउनुभयो ।

मध्यपुरथिमि नगर प्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरू विविध खेलमा रुचि राख्ने तर त्यसअनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरूलाई प्रशिक्षकको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय पदकप्राप्त धेरै खेलाडी भए पनि तिनीहरूको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकुद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमको आवश्यकतामा जोड दिएका थिए ।

विद्यार्थीलाई खेलकुदमा आकर्षित गर्दै पढाइ पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कबड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कबड्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कबड््डी सङ्घबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरूले विद्यालयमा विभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।