नेपालीले पड्काए ५१ करोडको चुइगम

काठमाडौं । नेपालको व्यापार घाटा वृद्धि हुँदै गएको छ । एक वर्षमा नेपालीले विदेशबाट ५१ करोडभन्दा धेरै रुपैयाँको चुइगम ल्याएर खाएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालीले एक वर्षमा ५१ करोड १७ लाख ६७ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।

नेपालबाट एक वर्षमा चुइगम खरिद वापत ५१ करोड बढी रुपैयाँ बाहिर गएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ४९ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको चुइगम आयत भएको छ ।

त्यस्तै, टर्कीबाट १ करोड २ लाख १२ हजार, अमेरीकाबाट ९५ लाख ३३ हजार, यूकेबाट ४ लाख ३ हजार, आयरल्याडबाट ४८ हजार, जर्मनीबाट ३२ हजार चाइनाबाट १२ र अन्य विभिन्न देशहरुबाट १६ लाख ४ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ५४ अर्ब ५९ करोड रूपैयाँभन्दा धेरै नेपालको वैदेशिक व्यापार घाटा भएको हो । अघिल्लो आर्थिक वर्षमा ४५ करोडभन्दा धेरैको चुइगम आयात भएको देखिन्छ ।

न त छाक टर्ने, न त पेट भरिने । अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा नेपालबाट विदेश जाने गरेको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठीकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ ।

अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्यांक । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ ।

मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलासिताका वस्तुको आयातमा करोडौं रकम बाहिरिरहेको तथ्यांक समयसमयमा सार्वजनिक हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।