अहिले कहाँ-कहाँ भइरहेको छ भारी वर्षा?

काठमाडौ । नवलपरासीको, देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको उसले बताएको छ। बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् बताएको हो।
यस्तै तिनाउ नदीले जल सतह पार गरेको पनि उसले बताएको छ। तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन पनि निर्देशन दिएको छ।

दाङको सुखबारेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ५७.२ र पछिल्लो ६ घन्टामा १०५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
पाल्पाको बल्याङगडीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ७५, ६ घन्टामा १८७.४ र १२ घन्टामा २४१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

नवलपुरको देउराली स्टेसनमा पछिल्लो ६ घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।

चितवनको भद्रपुर विमानस्थल आसपासका क्षेत्रमा पनि पछिल्लो ६ घन्टामा १२६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

चितवनकै रामपुर आसपास क्षेत्रमा पनि पछिल्लो ३ घन्टामा ६८.८ र पछिल्लो ६ घन्टामा १०३.२ मिलिमिटर वर्षा भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।