ट्रिपरको ठक्करबाट एकजनाको युवकको मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ट्रिपरको ठक्करबाट एक युवककोे मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसे बजारस्थित ग २ ख ०१७८ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक जिरी नगरपालिका वडा नम्बर ८ स्थित पुरानो गाउँका २९ वर्षीय मिलन खत्रीको मृत्यु भएको हो ।

ट्रिपरलाई ओभरटेक गर्ने क्रममा ट्रिपरमा ठोक्किँदा मोटरसाइकल चालक खत्री गम्भीर घाइते भएका थिए । घटनास्थलबाट उद्धारगरी जिरी अस्पताल लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरिक्षक रञ्जन गिरीले जानकारी दिए ।

ठक्कर दिने ट्रिपर र चालक पूर्व नवलपरासीका ३५ वर्षीय राजेश खनाललाई प्रहरी चौकी ठोसेले नियन्त्रणमा लिएको छ । जिरीबाट ठोसेतर्फ सिमेन्ट लिएर जाँदै गरेको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।