सुनसरीमा अनुगमनमा गएको प्रशासनको टोलीलाई व्यापारीले दुई घण्टा थुने

काठमाण्डाै – औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई सुनसरीको इनरुवाका व्यापारीले दुई घण्टा थुनेर छाडेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले हिजो जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई थुनेका हुन् ।

गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायीसहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए । उनीहरुले अनुगमन टोलीलाई हातपात र दुर्व्यवहार गरेपछि अवस्था शान्त पार्न सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो । त्यसपछि पनि व्यापारी समूहले बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीविरुद्ध आन्दोलन गरेको बताउनुभएको छ ।

अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको गतिविधि ठिक नभएको प्रतिक्रिया दिनुभएको छ । अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमणको प्रयास निन्दनीय रहेको उहाँले बताउनुभयो ।

खतिवडाले अनुगमनका क्रममा केही औषधि पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारेर घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।