मामा घर गएका मनाेजकाे सर्पकाे टाेकाइबाट मृत्यु

सल्यान । सर्पको टोकाइबाट सल्यानका एकजना बालकको दाङमा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा गएका १६ वर्षिय मनोज वली रहेका छ ।

गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा आइतबार राती टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

सर्पले टोकेपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको भएपनि उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनि अध्ययनका लागि तुलसीपुरमा काेठा लिएर बस्थे । आइतबार मात्रै उनि शान्तिनगर ७ स्थित मामाघर गएका थिए । राति सुतेकाे बेलामा सर्पले घाँटीमा टोकेको थियोे ।

सोमबार बिहान तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा पुर्याउदा उनको अवस्था सामान्य भएपनि अस्पतालले वास्ता नगर्दा मृत्यु भएको परिवारले जनाएको छ । मृतक बालकका दाइ मुस्कान बस्नेतले लेकाली अनलाइनसँग भने, ‘अस्पताल पुर्यादा उ नर्मल अवस्थामा बोल्ने गर्थ्यो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लिदा उनी कुराकानी गर्थ्यो तर त्यहाँ डाक्टरले वास्ता नगरेको कारण ज्यान गुमाउनुपर्यो ।’

मृतक मनोज ओली घरका एक्ला छोरा हुन् । ६ महिनादेखि तुलसीपुरमा बस्दै आएका उनि एच.ए. पढ्नकाे लागि तयारी गरिरहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।