मोरङ र झापाबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो पौने १२ बजे बिराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका -६ का बिबेक ग्वालालाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको हो ।

यसैगरी हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

यसका साथै लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बि.क. लाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।